काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् । सुनारले जाजरकोटका नवराज बिकसहितको सामूहिक हत्या भए जस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको आराेप लगाएका छन् ।…