काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं पार्टी सदस्यता छोडेको दावी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको छ ।उहाँले भन्नुभयो,-'राष्ट्रपति हुने समयमा भण्डारी आफैंले पार्टी सदस्यता छोड्नुभएको हो । खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानुभएको हो…