काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको जेनजी आन्दोलका कारण दशैंमा खसी-बोका र च्याङ्ग्रा काठमाडौं ल्याएर सहुलियत दरमा बिक्री गर्ने याेजना प्रभावित भएकाे छ । कम्पनीले अन्ततः यस वर्षको दशैंका लागि खसी-बोका र च्याङ्ग्रा खरिद गर्ने योजना स्थगित गरेको जनाएको हाे । यो वर्षका लागि खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको कम्पनीको खरिद विभागले जनाएकाे छ…