म्याग्दी । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्तिहरु पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अंग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेसी, गाउँ–शहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो, गर्मीमा दौतरीहरु बसेर शितल हावा लिदै गफ गर्ने र आनन्दलिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधिहरु यस्ता सम्पदाहरुको संरक्षणमा जुटेका हुन् ।म्याग्दीको बेनी नगरपालिका-२…