काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर आज विहान तीन बजेदेखि नै खुलेको छ । दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको ब्यवस्था गरेको छ । लाइन व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएको छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणको ब्यवस्था पनि गरिएको छ ।…