उदयपुर । अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो । सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ…