काठमाडौं । सर्लाहीमा बुधबार राति तीन वटा मोटरसाइकल एक-आपसमा ठोक्किंदा दुई जना युवाको ज्यान गएको छ । बाँके-सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक साेही दुर्घटना भएकाे हाे । ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका–९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।…