विनोद विष्टबैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ । बिहीबार किशोरीको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान थप सहज होस् भन्नका लागि धनगढीबाट तालिमप्राप्त कुकर सहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक…