काठमाडौं । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतवार बस्ने भएको छ । नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नुहुनेछ । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।…