कपिलवस्तु, पुस ७ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले ८ सय ६१ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । वडामा रहेका ८ वटा विद्यालयमा कक्षा ५ सम्म अध्यानरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । छ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरेर वार्षिक कार्यक्रम राखिएको बताइएको…