काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने हुनुभएको छ । शनिबार काठमाडौंमा बसेको बागमती प्रदेशको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले राजेन्द्र पाण्डेले राजीनामा दिनुपर्ने निष्कर्ष ननिकालेको सांसद कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । ‘मुख्यमन्त्रीले राजीनामा दिने प्रश्नै उठ्दैन,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय गठबन्धनबाट सरकार बनेकाले केन्द्रीय गठबन्धनको निर्णयअनुसार नै मुख्यमन्त्रीले कदम चाल्नुहुन्छ…