काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा बुधबार काठमाडौं–१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी…