भक्तपुर, भदौ २२ । सूर्यविनायक नगरपालिकाले पिसिआर परीक्षणका लागि ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब सङ्कलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताउनुभयो । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलो…