काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिनुभयो ।…