काठमाडौं । जेनजीकाे प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएकाे एक जनाको मृत्यु भएपछि नयाँबानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेता पनि प्रभावहीन देखिएको हाे । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संघीय संसद परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा र इट्टा…