काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरका विशेष महाधिवेशन गर्ने भएको छ । काठमाडाैंमा शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।…