म्याग्दी । अधिकांश नेपाली युवाहरू अमेरिका जानका लागि मरिहत्ते गर्ने गर्छन् । युवाहरूको पहिलो रोजाइको देश अमेरिका हुन्छ । साेही देशमा जानका लागि उनीहरू आफ्नाे भएको घरजग्गा धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आय आर्जनका सम्भावनाहरुलाई लत्याएर अमेरिकाको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्डु घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्वर दिनहरु खेर फालिरहेका हुन्छन्…