स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१३ झलुङ्गे स्थित मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीले पहिले मानिस स्वस्थ्य हुनु पर्ने र त्यस पछि मात्रै धन कमाउन सकिन्छ भन्ने मान्यतालाई महत्व दिएर ग्रामीण क्षेत्रका सर्वसाधारणमा स्वास्थ्यको पहुँच पुर्याउने अभियान अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको…