काठमाडौं । संघीय मामिला तथा प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडलाई बढी बहस र प्रचार गरिएकोप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । विधायन व्यवस्थापन समितिको शनिबार बसेको बैठकमा भएको संघीय निजामति सेवा विधेयक माथिको दफावार छलफलमा उहाँले यस्तो असन्तुष्टि प्रकट गर्नुभएको हो । संघीय निजामति विधेयक भनेको नै कुलिङ अफ पिरियड मात्रै हो भने जसरी बहस…