काठमाडौं । बिहीबारदेखि संकल्प यात्रा शुरु गरेको नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दैछ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले आज डोटीमा कार्यक्रम गर्न लागेको हो । शुक्रबार अध्यक्ष केपी ओली र नेता–कार्यकर्ताहरुले अमरगढीबाट यात्रा शुरु गरेपछि सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने सिलगढीमा सभा गर्नेछन्…