प्रकाश मैनाली, सर्लाही । ईश्वरपुर नगरपालिकामा आज आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने बताउनुभएको छ । उहाँले अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १…