काठमाडौं, साउन ९ । संसदमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएर प्रधानमन्त्रीको जवाफ आएपछि मतदानको प्रक्रिया सुरु हुनेछ । अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भारी बहुमतले पारित हुने लक्षण देखिएको छ । नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावका पक्षमा ३ सय ७० भन्दा बढी मत पर्ने दावी कांग्रेस नेताहरुले…