काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको बताउनुभएको छ । तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा सोमबार आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको कार्यक्रममा अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउनुभयो । संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको तर्क…