काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले समसामयिक र जनचासोका सवालमा आफ्ना कुरा उठाएका छन् । मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले विश्वविद्यालयको प्रश्नपत्रमाथि उठेका प्रश्न, तुइन विस्थापन, तीन तहको सरकारबीच नभइरहेको समन्वय र भानुभक्तको जन्मस्थलमाथि गरिएको उपेक्षाको सवाल उठाएका हुन् । सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।…