काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नुभएको खुलासा गर्नुभएको हो । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र…