Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


सुदूरपश्चिममा एमालेको एक सिट रिक्त, पूर्वमन्त्री थापाको राजीनामा स्वीकृत

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको एक सिट रिक्त भएको छ। एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएसँगै उनको प्रदेश सभा सदस्य पद रिक्त भएको हो। प्रदेश सभा सचिवालयले थापाले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ। उनले गत मंगलबार प्रदेश सभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए।…