काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने भएको छ । सोमबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले प्रदेशका सबै जिल्लामा कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिहरूलाई जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले बुद्धिजिवीहरूको कुरो सुन्नका लागि भदौ १० गते…