सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको हाे । साथै समानुपातिकतर्फ आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ…