काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा रास्वपाका अध्यक्ष रवि लामिछाने पनि सहभागी हुनुभएकाे हाे । सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाको उपस्थितलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । संयन्त्रको…