काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जुट्नु भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बिहीबार बसेको बैठकले नेपाललाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ । तर, नेपालले आफ्नो उम्मेदवारीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससँग…