काठमाडाैं । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपाको कार्यालय पुग्नुभएको थियो । रास्वपा कार्यालयमा सो पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग…