काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाउनु भएकाे छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम नै राष्ट्रपति कार्यालय पठाउनु भएकाे हाे । राष्ट्रपति कार्यालयमा नाम पुगेकाहरुकाे शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।