काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम बुधबार ल्याउने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न लागेको हो । प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नु हुनेछ ।…