काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सम्मानित नेता खनालले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताउनुभयो…