काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भएपनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएर शुरु भएको थियो । मूल रूपमा २०७९ साउन २२ गते सम्पन्न…