Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


प्रदेश सांसदलाई अपहरणको धम्की दिएर फिरौती लिन खोज्ने चारजना पक्राउ

निर्वाचनमा विजय भएलगत्तैदेखि मनोज पुनको नाम लिएर थापालाई धम्क्याउँदै दुई करोड रुपैयाँ असुल्न खोज्ने स्याङ्जाका चारजनालाई प्रहरीले पक्राउ गरेको हो । बुटवलमा एमालेका दुईजना युवा नेताको हत्याको जिम्मेवारी लिएका मनोज पुनको नाम लिएर स्याङ्जा टक्सारका शंकर भनिने नलबहादुर गुरुङ, आशीष खड्का लगायतले सांसद थापासँग एक महिनादेखि पैसा मागिरहेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट