काठमाडौं, चैत ७ । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तीनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्च कारवाही…