काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि टेकुस्थित नेसनल ट्रेडिङको परिसरमा छ । आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा खुला चौरमा टेन्ट टाँगेर बसेको छ । भ्रदकालीमा निर्माणाधीन भवन अहिलेसम्म ३० प्रतिशत मात्रै पूरा भएको छ । वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती…