काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारी आन्दोलनमा छन् । आर्थिक अनियमितता गर्दै आएका उपकुलपति डा। ज्ञानेन्द्र कार्कीले कोभिड महामारीका वेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लागेको छ । गम्भीर बिरामीलाई राखिने एचडियू ९हाई डिपेन्डेन्सी युनिट० खरिदमा समेत भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत…