काठमाडौं । स्थानीय तहको चुनावताका आयोजना हुने हरेक आमसभामा काठमाडौं महानगरवासीलाई दुई वर्षभित्रै मोनोरेल चलाउने आश्वासन बाँडेका विद्यासुन्दर शाक्यले चार वर्षसम्म लगानीकर्तासमेत नभेटेपछि पछिल्लो समय त्यसबारे चर्चा गर्नै छाडेका छन् । तीन वर्षअघि चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको महानगरले लगानीका स्रोत नजुटेपछि घोषणा नै अलपत्र परेको छ । पछिल्लो समय काठमाडौं…