Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


जसले पहिरोमा सर्वस्व गुमाए

काठमाडौं । दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले गडगडाइरहेको थियो । बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटरमाथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको…