काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सो काम एक महिनाभित्र सम्पन्न गर्ने कार्ययोजना तयार गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको निर्देशन सम्बन्धित बुँदानम्बर १० मा उल्लेख गरेको निर्देशनअनुसार सो कार्ययोजना तयार गरिएको…