काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताउनुभयो । ज्ञवालीले शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको बताउनुभयो…