काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज क्यानाडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानाडासँगको सिरिजअघि नेपालले…