काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । संकटा पाँचौं तथा आर्मी छैटौं जितको योजनामा हुनेछ । संकटा १६ अंक जोडेर १३ औं स्थानमा रहँदा आर्मी २० अंक जोडेर छैटौं स्थानमा रहेको छ…