काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेटमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको हो । ज्ञानेन्द्र त्यहाँ पुग्दा उहाँका समर्थकहरूले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित पोस्टर बोकेका थिए । उहाँका समर्थकले गणतन्त्रविरोध नारासमेत लगाएका थिए । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा, हाम्रो देश’,…