मीरा बस्नेत र राजेन्द्र नापित (इमेज) काठमाडौं, असार १२ । वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमबाट विदेशमा अलपत्र परेका श्रमिकलाई उद्धार गर्न सर्वोच्च अदालतले असार १ गते दिएको आदेश पालना गर्न सरकारले अलमल गरिरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीको बिल्लीबाठ भएको देख्दा–देख्दै सरकारी निकाय भने उनीहरुलाई समयमै उद्धार गर्नुको साटो प्रक्रिया मिलाउने नाममा समय खेर…