सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ छुल्यामुमा सामूदायिक अस्पताल सञ्चालनमा आएको छ । साढे ३ करोड रुपैयाँको लागतमा १५ शैयाको सोलु सामदायिक अस्पताल बनेको हो । जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सेवा दिने उद्देश्यले निर्माण गरिएको अस्पतालमा सिटी स्क्यान, सर्जरी, एक्सरे र अल्ट्रासाउण्ड लगायतका सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष तथा प्रमुख डा.राजेन्द्र बस्नेतले जानकारी दिनुभयो…