काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै स्वास्थ्यमन्त्री पौडेलले ८ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको…