नाट्य एवं हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान गरेका नकर्मीका उपन्यास, कथा नेपालभाषामा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन् । बहुआयामिक प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको ६ दशक हास्यव्यंग्य लेखनमा बिताएका थिए । ६ दशकको कला यात्रामा उनले व्यंग्य लेखनमात्र नगरी आफैंले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरेका थिए । नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन…